नेपालमा रहंदा २०६१ साल देखि संचारकर्ममा क्रियासिल म, २०१४ अप्रिलमा बिद्यार्थीका रुपमा जापान प्रवेश गरेको हुँ। जापान प्रवेश गर्नुपूर्व स्थानिय रेडियो, पत्रिकामा सह-सम्पादक सम्मको जिम्मेवारीमा रहेर काम गरेको थिएँ।
न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने 'पावर न्यूज' जस्तो लोकप्रिय कार्यक्रमको उत्पादन टिममा रहेर काम गरिरहेका बखत विदेश लागे र २ बर्ष जापानी भाषा त्यसपछि अर्को २ बर्ष भोकेसनल स्कूलको अध्ययन सकेपछि २०१९ को जनवरी महिना देखि जापानको TBS टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय कार्यक्रम 'नाखाई कुन किमेत्ते' को असिस्टेन्ट डाइरेक्टर (एडी) का रुपमा केही समय काम गर्ने मौका पाएँ। केही समय जापानको टेलिभिजन कार्यक्रममा काम गरीसकेपछि झन्डै साढे २ बर्ष बिदेशीहरुको भिषा सम्बन्धी काम गर्ने कार्यालयमा काम गरें।
त्यहाँ रहदा बिदेशीहरुको भिषा प्रक्रिया लगायत प्रशासनिक कार्य सम्बन्धी अनुभव संगाल्ने मौका मिल्यो। त्यसपछि टोकियो सहित, ओसाका, नागोया, फुकुओका र बंगलादेशमा समेत कार्यालय भएको ठुलो कम्पनीमा काम गरिसके पछि अहिले क्योदाई कम्पनी लिमिटेड स्थापना गरी कार्य गर्दै आएको छु। उक्त कम्पनीमा रहंदा सिस्टम डेपलपमेन्ट लगायत आइटी इञ्जिनियरिङ्गसंग समबन्धित ज्ञान हाँसिल गर्ने अवसर प्राप्त भयो।
खासगरी, विभिन्न उद्देश्यले जापानमा रहेका बिदेशीहरुको भिषा प्रक्रिया सम्बन्धी कार्य, काम परिवर्तन वा नयाँ कामको खोजीमा रहेकाहरु, त्यस्तैगरी जापानमा कोठा खोज्ने बिदेशीहरुलाई स:शुल्क सहयोग गर्ने उद्देश्यले क्योदाई कम्पनीको स्थापना गरिएको यो। यसका अलावा, जापानमा अध्ययनका लागि आउन चाहने बिदेशी बिद्यार्थीहरुलाई जापान प्रवेश गर्नुपूर्व र पर्बेश गरे पश्चात आबश्यक पर्ने हरेक प्रशानिक कार्यको सहयोगी बन्नु कम्पनीको उद्देश्य हो।
अहिले हामी नेपालसंगै पश्चिम अफ्रिकी मुलुक सेनेगल, एसियाका भियतनाम, बंगलादेश, श्रीलंका लगायतका देशबाट अध्ययन वा काम गर्न जापान आएका अथवा आउने तर्खरमा रहेकाहरुलाई आबश्यक प्रशासनिक सहयोग गर्दै आइरहेका छौं। त्यस्तै, विभिन्न भिषा स्टाटसमा जापानमा बसोबास गरिरहेका बिदेशीहरुलाई सबै खालका प्रशासनिक काममा सहयोग पुर्र्याउने हाम्रो अर्को उद्देश्य हो। यदि तपाई पनि हामीसंग जोडिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नसक्नुहुनेछ। धन्यवाद।
Eng
नेपाली
日本語